×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • २ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • २ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ५ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ७ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

दोश्रो टाइगर कप आमन्त्रित भलिवल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

  •  गोरखा समाचार
  • शनिबार, पुष २४, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    पोखरा । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजना, नेपाल भलिवल संघको स्विकृतीमा ‘दोश्रो टाइगर कप आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप महिला÷पुरुष भलिवल प्रतियोगिता २०७८’ को सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । टाइगर ग्रुपले आज पोखरामा पत्रकार सम्मेलन गर्दै तयारी पुरा भएको जनाएको हो ।

    शुश्री मिडिया प्रा.लीको मुख्य प्रायोजनमा पोखरा रंगशालामा यहि पुष २६ गतेबाट राउण्ड रोविन लिगको आधारमा सञ्चालन हुने प्रतियोगितामा महिला र पुरुष गरी १० टिमको सहभागिता हुने संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माले जानकारी दिए । प्रतियोगिताको अन्तिम तयारी बारे जानकारी गराउँदै अध्यक्ष शर्माले भने–“यस क्षेत्रमा भलिवलको लोकप्रियता संगै राष्ट्रिय टिममा गण्डकी प्रदेशबाट उत्पादित खेलाडीहरुको लामो समयदेखिको उपस्थितीका साथै भलिवल खेलको विकासमा योगदान दिन यो प्रतियोगितालाई निरन्तरता दिएका छौं ।”

    प्रतियोगितामा महिला तर्फ विभागिय टिमहरुमा नेपाल आर्मी क्लव, नेपाल पुलिस र शसस्त्र प्रहरीबल, न्यू डायमण्ड र आयोजक संस्था टाइगर ग्रुप अफ पोखरा नेपाल रहको छ । आयोजकको टिममा नेपाल महिला भलिबलकी क्याप्टेन अरुणा शाहीको नेतृत्वमा श्रीलंकका महिला भलिबलका क्याप्टेन सहित ३ जना खेलाडीहरूको सहभागिता रहनेछ । त्यस्तै पुरुषतर्फ गण्डकी प्रदेश, विभागिय टिमहरू नेपाल आर्मी क्लव, नेपाल पुलिस क्लव र शसस्त्र प्रहरीवल, टिप टप हेल्प नेपाल स्पोर्टस क्लवको टिम रहेका छन् । केही टिममा छिमेकी राष्ट्र भारतका टिम क्याप्टेन सहितका खेलाडीहरूको सहभागिता रहनेछ ।

    प्रतियोगिताको उपाधि विजेता महिला/पुरुष उपाधी विजेता टिमलाई समान नगद ३–३ लाख, उपविजेता महिला/पुरुष टिमलाई समान नगद १ लाख ५० हजार, तेश्रो हुने महिला/पुरुष टिमलाई समान स्वरुप ७५ हजार र सान्त्वना हुने महिला/पुरुष टिमलाई ३५ हजार प्रदान गर्ने पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । त्यस्तै गरी महिला तथा पुरुष तर्फ उत्कृष्ट १–१ खेलाडीलाई २५–२५ हजार तथा हरेक विद्याका उत्कृष्ट खेलाडीहरुलाई १०–१० हजार सहित र ट्रफीद्वारा सम्मान गरिने आयोजकले जानकारी दिएको छ ।

    प्रतियोगिता अवलोकनका लागि साउथ एशिया सेन्ट्रल भलिवलका अध्यक्ष मोहमद लतिफ पोखरा आउने कार्यक्रम तय भएको छ । पुष २६ गते दिउसो १ बजे हुने उद्घाटन खेलमा पुरुष तर्फको डिफेण्डिङ च्याम्पियन गण्डकी प्रदेश र नेपाल ए.पि.एफ क्लब भिड्ने भएका छन् । पहिलो राउण्ड रोविन लिग अन्तर्गतका खेलहरु भने विहान ८ बजेबाटनै शुरु हुने र दैनिक महिला र पुरुषतर्फका गरी ४ खेलहुने आयोजकले जनाएको छ ।

    दर्शकहरूका लागि अस्थायी प्याराफिट निर्माण, जेष्ठ नागरिक लगायत फरक क्षमता भएका दर्शकहरूलाई खेल हेर्न छुट्टै व्यवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुलाई बस्नको लागि विशेष व्यवस्था गरिएको छ । साथै प्रतियोगिताका लागि प्रवेश शुल्क २०० र ३०० निर्धारण गरिएको आयोजकले जनाएको छ ।

    प्रतियोगिता अवधीभर नेपाल टेलिकमले ५० व्यालेन्स सहितको सिम निशुल्क वितरण गर्नेछ भने ई–सेवा रेमिटबाट प्रत्येक दिनको म्याचको ‘म्यान अफ द म्याच’को पुरस्कार राशी नगद ५ हजार खेलाडीले प्राप्त गर्नेछन् । साथै केएफसीले महिला तथा पुरुष विजेता टिमका खेलाडीहरुलाई उपहार स्वरुप डिनरको व्यवस्था गरेको संयोजक ज्ञवालीले जनाए ।

    प्रतियोगिताको गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ ।

    लेखकबाट थप:

    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    शनिबार, पुष २४, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.