काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटवार्तामा संसद्मा भएको अवरोध हटाउने र एमसीसीको बिषयमा छलफल भएको छ ।
एमाले अध्यक्ष ओलीलाई भेट्न सनिबार बिहान प्रधानमन्त्री देउवा भक्तपुरको बालकोट पुगेका थिए । भेटमा संसद्को अवरोध हटाउने र एमसीसीको विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिएका हुन् ।
संसद्को बैठक पुस २८ गते बुधवारका लागि बोलाइएको छ । सत्तारुढ गठबन्धनको हिजो बसेको बैठकले संसद्को अवरोध हटाउने विषयमा नेकपा एमालेका अध्यक्ष ओली सँग छलफल गर्ने जिम्मा प्रधानमन्त्री देउवालाई दिएको थियो ।
एमालेले पार्टीले कारबाही गरेका १४ सांसदको विषयलाई लिएर संसद्मा नाराबाजी गरेर चल्न दिएको छैन ।


