काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटनबालकोट पुगेका छन् ।
एमालेले निरन्तर संसद अवरोध गरेका कारण संसद अवरोध खुलाउने विषयमा छलफल गर्न देउवा बालकोट पुगेका हुन् ।
शुक्रवार भएको सत्ता गठबन्धनको बैठकले ओलीसँग छलफल गर्ने जिम्मा प्रधानमन्त्री देउवालाई दिएको थियो ।
एमालेले कारवाही गरेको भनिएको १४ जना सांसदको पद रिक्त भएको सूचना प्रकाशन नगरेर सभामुखले पार्टी विभाजनमा सहयोग गरेको भन्दै त्यसको विरोधमा एमालेले संसद अवरोध गरिरहेको छ ।


