चितवन । भरतपुर महानगरपालिका २४ अमृत चोक बस्ने २१ वर्षीय सन्तोष पाण्डेलाई धारिलो हतियार चक्कु प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने २८ वर्षीय सुदिप मोक्तानलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
लेनदेनको विषयमा आपसमा झगडा हुँदा सुदिपले सन्तोषलाई चक्कु प्रहार गरेको चितवन प्रहरीले जनाएको छ । घटना लगत्तै ईलाका प्रहरी कार्यालय फूलबारीबाट खटिएको प्रहरीको टोलीले मोक्तानलाई पक्राउ गरेको हो ।
चक्कु प्रहारबाट गम्भीर घाइते भएका सन्तोषको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


