सप्तरी । राजगढ गाउँपालिका २ बरदियानी टोलस्थित सडकबाट नियन्त्रित लागूऔषध २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा विष्णुपुर गाउँपालिका ४ बस्ने २३ वर्षीय श्यामकुमार यादव र तिलाठी कोईलाडी गाउँपालिका ८ बस्ने २० वर्षीय प्रमानन्द महतो रहेको सप्तरी प्रहरीले जनाएको छ ।
उनीहरुबाट प्रहरीले ५१ पत्ता स्पास्मो प्रोक्सिभन, ४ बोतल डाइलेक्स डिसि र ४ ट्याब्लेट नाईट्राभेट सहित २ फेला परेको छ ।
प्रहरी चौकी झुटकीबाट खटिएको प्रहरी टोलीले भारतबाट साइकलमा आउँदै गरेका श्याम कुमारलाई जाँच गर्नेक्रममा झोलाभित्र ल्याएको उक्त लागूऔषध सहित फेला पारी उनीसँगै आएका प्रमानन्दलाई समेत पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।




















