ललितपुर । ललितपुरकाे शंखुमा बस रोकेर पिसाब गर्ने क्रममा चालकको मृत्यु भएको छ । कोञ्ज्योसोम गाउँपालिका ३ दलचोकी बस्ने ३५ वर्षीय शम्भु घिमिरेको करेन्ट लागेर मृत्यु भएको हो ।
सोही गाउँपालिका २ शंखुस्थित बा. ३ ख ४१०८ नम्बरको बस रोकी बस चालक घिमिरे पिसाब फेर्न जाने क्रममा बिद्युतको पोलबाट लत्रिएको तारबाट करेन्ट लागेर मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि कीर्तिपुर अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।




















