सिरहा । धनगढीमाई नगरपालिका १० बस्ने ३० वर्षीय गुंजेश्वर साहले सोही नगरपालिका ११ छप्रारीमा संचालन गरेको खुश्वु होटल एण्ड लजमा आगो लगाएको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा धनगढीमाई नगरपालिका १२ बस्ने २० वर्षीया लक्ष्मी बराल र बिष्णुपुर गाउँपालिका २ बस्ने १९ वर्षीय धिरजकुमार यादव रहेको सिराहा प्रहरीले जनाएको छ ।
लेनदेनको बिषयलाई लिएर उनीहरु बिवाद भए पछि बराल र यादवले उक्त होटलमा पेट्रोल छर्की आगो लगाएको ईलाका प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
आगलागीबाट करिब १ लाख २ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।




















