काठमाण्डौं । पश्चिमी वायुको प्रभावले तराईमा हुस्सु र कुहिरो लागेको छ भने पहाडी भूभागमा वर्षासँगै हिमपातको सम्भावना रहेको छ ।
आज बिहानैदेखि प्रदेश १, प्रदेश २, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ भने पहाडी भूभागमा बर्षा संगै हिमपात हुने संभावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज घाम लाग्न संभावना कम भएकोले चिसो बढेकोले चिसोबाट जोगिन सबैलाई आग्रह गरेको छ।
पश्चिमी र मध्य तराईमा लागेको हुस्सु र कुहिरो अपराह्नसम्म हट्ने भएता पनि चिसो बढ्दै गएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको हो ।
पश्चिमी वायुको प्रभावले आज देशभर वर्षाको सम्भावना छ । प्रदेश १ र प्रदेश २ का बाहेक अन्य प्रदेशमा वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।




















