एजेन्सी । विश्वभर एकै दिनमा २५ लाख कोरोना संक्रमित थपिएका छन् । बिहीबार एकै दिनमा विश्वभर २५ लाख मानिसमा कोरोना संक्रमण भएको हो । संक्रमणबाट एकै दिनमा ६ हजार ८०० भन्दा बढीको ज्यान गएको छ ।
संक्रमणबाट सबैभन्दा बढी अमेरिका प्रभावित भएको छ । जहाँ बिहीबार एकै दिनमा ७ लाख ५१ हजार ५१२ संक्रमित थपिएका छन् भने २ हजार १९८ जनाको ज्यान गएको छ ।
फ्रान्समा २ लाख ६१ हजार ४८१ जना संक्रमित थपिँदा २०४ जनाको ज्यान गएको छ । इटालीमा २ लाख १९ हजार ४४१ जनालाई संक्रमण हुँदा १९८ जनाको ज्यान गएको छ भने बेलायतमा १ लाख ७९ हजार ७५६ जना संक्रमित थपिँदा २३१ जनाको ज्यान गएको छ ।
त्यस्तै गरी, भारतमा १ लाख १४ हजार ४८४ जना संक्रमित थपिँदा ३५ जनाको ज्यान गएको छ । र्जेन्टिनामा १ लाख ९ हजार ६०८ जना संक्रमित थपिँदा ४० जनाले ज्यान गुमाएका छन् ।
उता टर्कीमा ६८ हजार ४१३ जना संक्रमित थपिँदा १५६ जनाको मृत्यु भएको छ । जर्मनीमा ५६ हजार ७८७ जना संक्रमित थपिँदा ३०५ जनाको ज्यान गएको छ भने रुसमा १५ हजार ३१६ जना संक्रमित थपिदा ८०२ जनाको ज्यान गएको छ । पोल्याण्डमा भने १६ हजार ५७६ संक्रमित थपिएकामा ६४६ जनाको ज्यान गएको छ ।
क्यानडामा ३९ हजार ७५२ जना संक्रमित थपिँदा ५७ जनाको ज्यान गएको छ । भियतनाममा १६ हजार ४७२ संक्रमित थपिँदा १६९ जनाको ज्यान गएको छ ।
ग्रीसमा ३३ हजार ७११ संक्रमित थपिँदा ७० जनाको ज्यान गएको छ । हंगेरीमा ६ हजार ४५४ जना संक्रमित थपिँदा ८० जनाको ज्यान गएको छ ।
मेक्सिकोमा २० हजार ६२६ संक्रमित थपिएकामा ९४ जनाको ज्यान जाँदा युक्रेनमा ६ हजार ६३२ संक्रमित थपिँदा १८७ जनाले ज्यान गुमाएका छन् ।




















