एजेन्सी । अमेरिकामा एकै दिन १० लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमितको संख्या राख्दै आएको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार सोमबार अमेरिकामा १० लाख ८० हजार २११ नयाँ संक्रमित फेला परेका छन् ।
हाल अमेरिका, युरोप, अफ्रिकाका विभिन्न मुलुकहरुका साथै छिमेकी भारतमा पनि कोरोना संक्रमणको नयाँ लहर बढ्दै गएको छ ।
विश्वका अन्य कुनै पनि देशमा एकैदिन यति धेरै संक्रमण पुष्टि भएको यो नै पहिलो घटना हो ।
अमेरिकामा गत साताभन्दा दोब्बरले संक्रमण बढेको जोन्स हप्किन्स विश्वविद्यालयले उल्लेख गरेको छ ।संक्रमण बढ्दो क्रममा रहे पनि राष्ट्रपति जो बाइडनले स्कुलहरु खुला राख्न निर्देशन दिएपछि उनको आलोचना भइरहेको छ ।
कोरोनाको नयाँ संक्रमण तीव्र रुपमा बढे पनि अस्पताल भर्ना हुने र मृत्यु हुने दर भने अघिल्लो लहरको तुलनामा कम रहेको अमेरिकी सञ्चार माध्यामहरुले लेखेको छ ।




















