दमौली । तनहुँको किरियापानीबाट ३ किलो बढी गाँजा सहित १ जना महिलालाई प्रहरीले यिन्त्रणमा लिएको छ । ब्यास नगरपालिका ६ किरियापानी बस्ने भगवती श्रेष्ठलाई ३ किलो ४०० ग्राम अवैध लागूऔषध गाँजा सहित प्रहरीले पक्राउ गरेको हो ।
भगवतीले आफ्नै घरमा गाँजा लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीको टोलीले तलासी गर्दा बोरामा लुकाई राखेको अवस्थामा उक्त परिणामको गाँजा फेला पारी उनलाई पक्राउ गरेको तनहुँ प्रहरीले जनाएको छ ।
पक्राउ परेकी श्रेष्ठको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


