नवलपरासी । बर्दघाट नगरपालिका २ को आम्बास बस्ने २१ वर्षीय तुल बहादुर घर्ती सहित १६ जना व्यक्तिहरुबिच आपसी झै(झगडा तथा कुटपिट हुँदा सोही नगरपालिका सुखौरा बस्ने २५ वर्षीय विशाल भन्ने सूर्य बहादुर थापाको मृत्यु भएको छ ।
उनीहरूबीच शुक्रबार साँझ भएको झगडा तथा कुटपिटमा टाउकोमा चोट लागि गम्भीर घाइते भएका थापाको भैरहवा मेडिकल कलेज रुपन्देहीमा उपचारको क्रममा मृत्यु भएको नवलपरासी प्रहरीले जनाएको छ ।
घटना लगत्तै ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीको टोलीले कुटपिटमा संलग्न १५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको बर्दघाट प्रहरीले जनाएको छ ।




















