गोरखा । गोरखा सदरमुकाममा आज देखी कृषि तथा ब्यापार मेला सुरु भएको छ ।
चेम्बर अफ कमर्स गोरखा शाखाको आयोजनामा सदरमुकामको खेलकुद मैदानमा मेला सुरु भएको हो ।
मेलाको एक कार्यक्रम बिच नेपाल चेम्बर अफ कमर्सका केन्द्रिय अध्यक्ष राजेन्द्र मल्लले पानसमा बत्ती बालेर उदघाटन गरे ।
मेला यही पुस २७ गतेसम्म चल्ने आयोजक संस्थाले जनाएको छ ।
मेला उदघाटन पूर्व सदरमुकामको बसपार्कदेखी खेलमैदान सम्म विभिन्न संघ संस्थाले झाकी सहितको रयाली गरेको थियो ।
झाकीका केही तस्बिरहरु












