काठमाण्डौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज रामचन्द्र पौडेलसहित १० जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् । सभापति १० जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको कांग्रेस केन्द्रीय कार्यालयका जनाएको हो।
नेता पौडेलसँगै प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत, नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई केन्द्रीय सदस्यमा मनोनित गरिएको हो ।
नेता पौडेल कांग्रेसको १४औं महाधिवेशनमा प्रतिस्पर्धाबाट अलग बसेका थिए भने सिंह र निधि भने सभापतिमा देउवा संग पराजित भएका थिए । सिंहर निधिले दोस्रो चरणको निर्वाचनमा सभापतिमा देउवालाई समर्थन गरेका थिए ।
त्यस्तै, सिटौलाले सभापतिमा देउवालाई समर्थन गरेका थिए । गच्छदार र कोइराला उसपभातिमा तथा महत महामन्त्रीमा पराजित भएका थिए। रेग्मी र विश्वकर्माले देउवालाई सघाउन उम्मेदवारी फिर्ता लिएका थिए ।
देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१) बमोजिम मनोनित गरेका हुन् । विधानमा सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनित गर्न पाउने व्यवस्था गरेको छ ।




















