मोरङ । मोरङको रतुवामाई नगरपालिकामा छोराले कुटपिट गर्दा बुवाको मृत्यु भएको छ । रतुवामाई नगरपालिका ९ डिपो बस्ने ५७ वर्षीय दिपनारायण धामीको उनकै छोराको कुटपिटबाट मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।
मादक पदार्थ सेवन गरी हो(हल्ला गरेको बिषयलाई लिएर उनकै छोरा ३६ वर्षीय अर्जुन धामीले मंगलबार बुवा दिपनारायणलाई कुटपिट गर्दा गम्भीर घाइते भएको थिए । घाइतेको अरनिको अस्पताल उर्लाबारी हुँदै नोबेल अस्पताल बिराटनगरमा थप उपचारपछि घरतर्फ लैजाने क्रममा बिहीबार साँझ बाटोमै मृत्यु भएको थियो ।
बुवाको मृत्यु लगत्तै अर्जुनलाई ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।




















