काठमाण्डौं । आफुलाई पत्रकार हुँ भन्दै हिड्ने धादिङका १ पुरुषलाई प्रहरीले महानगरपालिका ३२ स्थित जडिबुटीबाट प्रहरीले लागु औषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ खनियाबास गाउँपालिका ४ घर भई अहिले तारकेश्वर नगरपालिका ११ स्थित लोलाङ बस्ने वर्ष ४६ का लेखबहादुर तामाङ रहेको महानगरिय प्रहरीले जनाएको छ ।
तामाङको साथबाट युगान्तर मिडियाको बजार प्रतिनिधिको परिचय पत्र फेला परेको पनि प्रहरीले जनाएको छ । प्रहरीले तामाङको साथबाट ८९२ एम्पुल लागुऔषध बरामद गरिएको छ ।
महानगरीय प्रहरी प्रभाग कोटेश्वरले दिएको जानकारी अनुसार तामाङबाट नुर्फिन २८६ एम्पुल, फेनारगन २९२ एम्पुल र डाइजेपाम २८४ एम्पुल बरामद भएको छ ।
तामाङलाई कोटेश्वर प्रहरीको हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।




















