फाईल तस्बिर
काठमाण्डौं । आज तमु ल्होसार । गुरुङ समुदायले आज हर्षोल्लासको साथ तमु ल्होसा पर्व मनाउँदैछन् । ल्होसारको अवशरमा आज नेपाल सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।
पात्रोअनुसार वर्षमा १२ महिना १२ जनावरको नामले नामाकरण गरिएको हुन्छ । गुरुङ समुदायले आजबाट गाई वर्षलाई विदा गरेर बाघ वर्षलाई स्वागत गर्दैछन् ।
ल्होसारले किसानी जीवनशैली तथा मौसम र प्रकृतिको निकटता प्रतिविम्बित गरेको हुन्छ । ल्होसार नेपालमा मात्र होइन, तिब्बत, भुटान, भारत, म्यानमार, अमेरिका, अष्ट्रेलिया, बेलायतलगायतका देशमा छरिएर रहेका तमु समुदायले भव्यताका साथ मनाउने गर्छन् ।





















