एजेन्सी । डेल्टा र ओमिक्रोन भेरियन्टका कारण अहिले कोरोना भाइरस संक्रमणको सुनामी आएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ ।
डब्लुएचओका प्रमुख डा.टेडरोज आध्यनोम गेब्रेयेसोसले अहिले डेल्टा र ओमिक्रोन भेरियन्टको संक्रमण तीव्र गतिमा बढ्दै गएको बताएका हुन् ।
अमेरिका तथा युरोपका विभिन्न देशमा क्रिसमसपछि कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या अत्याधिक देखिएको छ ।
फ्रान्समा बुधबार एकैदिन २ लाख ८ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । यस्तै अमेरिकामा पछिल्लो १ हप्तामा दैनिक रुपमा औषत २ लाख ६५ हजार भन्दा बढी संक्रमित थपिएका छन् ।
डेनमार्क, पोर्चुगल, बेलायत, अस्ट्रेलियासहितमा संक्रमण उच्च देखिएको छ । समाचार संस्था रोयर्टसका अनुसार अहिले विश्वव्यापी रुपमा दैनिक ९ लाखजनामा संक्रमण पुष्टि हुने गरेको छ ।




















