काठमाण्डौ । सिभिल सहकारी ठगीका मुख्य आरोपी पूर्वसांसद इच्छाराज तामाङ पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
तामाङ सहित वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठ पनि पुर्पक्षका लागि कारागार चलान भएका हुन् । सङ्गठित अपराध र ठगी मुद्दामा जिल्ला अदालत काठमाण्डौमा भएको थुनछेक बहसपछि उनीहरूलाई कारागार चलानको आदेश दिएको हो ।
सीआईबीले पक्राउ गरेका १२ जनामध्ये अदालतले ९ जनालाई धरौटीमा छाड्ने तथा १ जनालाई साधारण तारेखमा छाड्ने आदेश अदालतबाट भएको छ ।
पक्राउ परेका हरिहर प्रसाद लामिछानेसँग ५० लाख, विजय विक्रम शाहसँग १५ लाख, भगवान बहादुर सिंह डङ्गोल १० लाख, एलिना तुलाधर, मायोनानी महर्जन, बुद्धराज तामाङ र कौस्तुभ केतन ढुङ्गानासँग प्रतिव्यक्ति ५–५ लाख तथा शङ्करप्रसाद पाठकसँग २ लाख ५० हजार र राकेश महर्जनसँग ५० हजार रुपैयाँ धरौटी माग गरिएको थियो ।
सहकारीका कार्यालय सहयोगी सङ्गीत श्रेष्ठलाई भने अदालतले साधारण तारेखमा छाडेको छ ।




















