काठमाण्डौं । विदेश जानेहरूका लागि राजधानीको विभिन्न ४ वटा अस्पतालबाट कोरोना विरुद्धको जोन्सन खोप लगाइने भएको छ ।
राजधानीको वीरेन्द्र सैनिक अस्पताल छाउनी, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, शसस्त्र प्रहरी अस्पताल बलम्बु र टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट खोप लगाउन सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
खोप लगाउन जाँदा अनिवार्य रुपमा भिषा लागेको पासपोर्ट देखान मन्त्रालयले अनुरोध गरेको छ ।




















