पाँचथर । पाँचथरको ईम्बुङमा आफ्नै श्रीमती हत्याको आरोपमा उनका श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको फाल्गुनन्द गाउँपालिका २ ईम्बुङ बस्ने ईन्द्र कुमार नेम्बाङलाई आफ्नै श्रीमती ४५ वर्षीया जीवन कुमारी नेम्बाङको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
ईन्द्र कुमारले शुक्रबार दिउँसो लोहोरोले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएकी जीवन कुमारीको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
घटना लगत्तै फरार ईन्द्र कुमारलाई ईलाका प्रहरी कार्यालय बिर्तामोड झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान सुरु गरेको जनाएको छ ।




















