एजेन्सी । फ्रान्समा कोरोना संक्रमितको संख्या बढ्न थाले संगै सबै नाइट क्लबहरु बन्द गराइएको छ । आइतबार एकै दिनमा १ लाख ४ हजार ६११ जनामा कोरोना संक्रमण देखिए लगत्तै सबै नाइट क्लबहरु बन्द गराइको हो ।
केही दिन यता फ्रान्समा लगातार कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । राष्ट्रपति इम्याानुुयल म्याक्रोँ र मन्त्रीहरु बिच आज सोमबार एक भिडियो सम्मेलन हुदै छ ।
फ्रान्समा हालसम्म १ लाख २२ हजार ५४६ मानिसको मृत्यु भइसकेको छ । हाल फ्रान्समा कोरोनाको पाँचौ लहर चलिरहेको छ ।
संक्रमण रोक्न नाइट क्लब बन्द गरिएको भन्दै नयाँ वर्षमा आतिशबाजीको कार्यक्रममा पनि रोक लगाइएको छ ।




















