पोखरा । पोखरामा मोटरसाईकलमा भरुवा बन्दुक बोकेर हिड्ने २ जना युवक पक्राउ परेका छन् । पोखरा महानगरपालिका ३२ को मजुवाबाट १ थान भरुवा बन्दुक सहित माछापुछ्रे गाउँपालिका ५ बस्ने ३४ वर्षीय गणेश गुरुङ समेत २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
तनहुँबाट पोखरातर्फ आउदै गरेको ग. १३ प ८२०० नम्बरको मोटरसाइकललाई वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार गुरुङको झोलाभित्र भरुवा बन्दुक फेला परेपछि गुरूङ र मोटरसाइकल चालकलाई समेतलाई प्रहरील पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ ।
ति युवकहरुले के कती प्रयोजनका लागि भरुवा बन्दुक बोकेर हिडेको भन्ने बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।




















