एजेन्सी । बेलायतमा केही दिन यता कोरोना संक्रमित संख्या बढ्दै ह्वात्तै बढन थालेको छ । बुधबार मात्रै बेलायतमा १ लाख ६ हजार १२२ जना संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जनाएको छ ।
संक्रमण दर उच्च रहेपनि कोरोना संक्रमणका कारण हुने मृत्युमा भने वृद्धि भएको छैन । त्यस्तैगरी अस्पताल भर्ना हुनेको संख्यामा पनि खासै परिवर्तन भएको छैन ।
संक्रमण दर उच्च रहेपनि डेल्टा भेरिएन्टको तुलनामा ओमिक्रोनले कम असर गरेको र कमै व्यक्तिलाई अस्पताल भर्ना हुनुपरेको प्रारम्भिक अध्ययनले देखाएको बेतायती सञ्चार माध्यामहरुले जनाएको छ ।
कोरोना संक्रमणलाई नियन्त्रण गर्नको लागि सरकारले बुस्टर डोजलाई निकै तीव्रताकासाथ अघि बढाएको छ । दैनिक एक लाख बुस्टर डोज वितरण गर्ने सरकारले लक्ष्य राखे अनुसार बुधबार ९ लाख ६८ हजार ६६५ डोज खोप वितरण गरेको छ । पछिल्लो एकसाताभित्र ६१ लाख जनालाई बुस्टर डोज दिइएको सरकारी तथ्यांकमा उल्लेख छ ।
बेलायतमा कोरोना संक्रमितको संख्या १ करोड १६ लाख ४७ हजार ४७३ पुगेको छ ।




















