विराटनगर । संखुवासभाको पाचखपन नगरपालिका ३ का दिपन राईलाई आफ्नै श्रीमतीको हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको छ । पुस ५ गते राति १२ बजेको समयमा राईले २९ वर्षीया श्रीमती विष्णुमाया राईलाई हत्या गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
सामान्य विवादमा श्रीमतीलाई उनले हत्या गरेको प्रहरीलेको प्रारम्भीक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा मृतकको शरीरमा चोटपटक देखेसँगै प्रहरीले मृत्तकका श्रीमानलाई नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
श्रीमतीको हत्या आरोपमा पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




















