काठमाण्डाैं । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप २९० जनामा संक्रमण पुष्टी भएको छ । देशको विभिन्न प्रयोगशालामा गरिएको १७ हजार ८९ जनाको नमूना परिक्षणका क्रममा मंगलबार २९० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
आज संक्रमण देखिएका मध्ये १२ हजार ४७३ जनाको पीसीआर गर्दा २५२ जना र ४ हजार ६१६ जनाको एन्टिजेन परिक्षण गर्दा ३८ जनामा संक्रमण देखिएको छ । यो सहित संक्रमितहरुको संख्या ९ लाख २२ हजार २२७ जना पुगेको छ ।
मंगलबार नै संक्रमित मध्ये २३२ जनाले कोरोना जित्न सफल भएका छन् । यो सहित कोरोना जित्नेको संख्या ८ लाख ९ हजार ३८७ जना पुगेका छन् ।
पछिल्लो पछिल्लो २४ घण्टामा संक्रमित मध्ये ३ जनाको ज्यान गएको छ । यो सहित ज्यान गुमाउनेको संख्या ११ हजार ५७७ जना पुगेका छन् । त्यस्तै गरी मंगलबारसम्म देशैभर ५ हजार २४२ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।





















