म्याग्दी । जिल्लाको रघुगंगा गाउँपालिका ४ दग्नाम कुमा खोल्सामा पहिरो जादा स्काईभेटर सहित चालक पुरिएको छ । पुरिएका चालकको मृत्यु भएको म्याग्दी प्रहरीले जनाएको छ ।
बन्दै गरेको हाई हिमालयन टुण्डी माथिल्ल्लो राहुघाट जलबिद्युत आयोजनामा ड्यामको काम गर्दै गर्दा माथी बाट ढुङा माटो सहित को ढिस्को खस्न गई स्काईभेटर सहित चालक पुरिदा चालक रघुगंगा २ भगवती बस्ने वर्ष अन्दाजी २८ को भिम बहादुर खत्रीको घटनास्थलमानै मृत्यु भएको हो ।
घटनास्थलमा खटिएको प्रहरीको टोलीले पुरिएका चालकको शव उद्दार गरी उनको परिवारलाई बुझाएको म्याग्दी प्रहरीले जनाएको छ ।




















