सिरहा । सिरहाको गोलबजार तनावग्रस्त बनेको छ । गोलबजार नगरपालिका ६ का रामकुमार सदालाई छुरा प्रहार गरी हत्या गर्नेलाई प्रहरीले पक्राउ नगरेको भन्दै स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग नै बन्द गराउदा तनावग्रस्त भएको हो ।
आइतवार छुरा प्रहार गरी हत्या गर्ने अभियुक्तहरुलाई २४ घण्टाभित्र पक्राउ गर्ने प्रतिबद्धता प्रहरीले पूरा नगरेको भन्दै स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग नै बन्द गरेका हुन् ।
प्रहरीले सडक खुलाउने प्रयार गर्दा प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुडा गरेका छन् । ढुङ्कामुढा गर्ने समूहलाई प्रहरीले पनि लाठीचार्ज गरेको छ ।
प्रदर्शनकारी र प्रहरी दुवैतर्फका केही व्यक्ति घाइते भएको सिरहा प्रहरीले जनाएको छ । मृतकको शव परिवारले अझै बुझन मानेका छैनन् ।




















