काठमाण्डौं । नोबल कोरोना भाइरसको आशंकामा करिब ८ हजार मानिसको परिक्षण गर्दा शनिबार १८९ जनामा संक्रमण देखिएको छ ।
स्वासथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशको विभिन्न प्रयोगशालामा ७ हजार ९९७ जनाको नमूना परिक्षणका क्रममा १८९ जनामा संक्रमण देखिएको हो ।
शनिबार संक्रमण देखिएका मध्ये ५ हजार ४८३ जनाको पीसीआर गर्दा १५८ जना र २ हजार ५१४ जनाको एन्टिजेन परिक्षण गर्दा ३१ जनामा संक्रमण देखिएको छ ।
शनिबार नै थप २५० जनाले कोरोना जित्न सफल भएका छन् भने कोरोना संक्रमित मध्ये पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । योसहित मृत्तकको संख्या ११ हजार ५७२ जना पुगेको मन्त्रालयले जनाएको छ ।





















