स्याङजा । आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा भिरकोट नगरपालिका ६ फोक्सिङ का ५० वर्षीय डबलवहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ ।
आफ्नै ४५ वर्षीया श्रीमती कोपीला थापाको कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले डबलबहादुरलाई फक्राउ गरेको जनाएको हो ।
डबल बहादुरले कुटपिट गर्दा कोपीला गम्भीर घाइते भएको भन्ने स्थानियले प्रहरीलाई खबर गरे लगत्तै घटना स्थल पुगेको प्रहरी चौकी दहथुम र वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले घाइते कोपीलालाई उपचारका लागि प्राथामिक स्वास्थ्य केन्द्र वालिङ पठाएकोमा उनको उपचारको क्रममा मृत्यु भएको थियो ।
प्रहरीले डबलबहादुृरलाई अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ जनाएको छ । श्रीमतीलाई के कति कारणले कुटपिट गरेको भन्ने बारे प्रहरीले खुलाएको छैन ।




















