बागलुङ। तनहुँ खैरेनीटारकी बसन्ता श्रेष्ठ नेपाल पशु पंक्षी औषधी व्यवसायी संघ गण्डकी प्रदेशको अध्यक्षमा चयन भएकी छन् । संघको शुक्रबार बाग्लुङमा सम्पन्न भएको पाँचौ साधारण सभा तथा तेस्रो अधिवेशन मार्फत श्रेष्ठ अध्यक्षमा सर्वसम्मत चयन हुन सफल भएकी हुन् ।
श्रृष्ठको नेतृत्वमा अधिवेशनले निवर्तमान अध्यक्ष सहित ११ जना नयाँ कार्य समिति चयन गरेको छ । उपाध्यक्षमा स्याङ्जाका अर्जुन थापा र नवलपरका धुर्वप्रसाद पाण्डे, सचिवमा कास्कीका भिमबहादुर सुनार, कोषाध्यक्षमा म्याग्दीका टेकप्रसाद सापकोटा र सह–सचिवमा स्याङ्जाका अर्जुन मरासेनी चयन भएका छन् ।
त्यस्तै गरी सदस्यहरुमा टिकाराम सापटकोटा, कमल पौडेल, राजेन्द्र बस्नेत, सविता सुवेदी रेग्मी, रामचनद्र कोईराला चयन भएका छन् ।
गण्डकी प्रदेशमा विभिन्न जिल्लामा पशु स्वास्थ्य तथा औषधी ब्यवसाय गर्ने २०० भन्दा बढी ब्यवसायीहरुको उपस्थिती रहेको थियो । देशभर सञ्जाल रहेको संघको नेतृत्वमा श्रेष्ठ पहिलो पटक महिला अध्यक्ष बनेकी हुन् ।
संघले पशु स्वास्थ्य र यो पेशामा संलग्न रहेका ब्यवसायीहरुको हक अधिकारका लागि कार्य गर्दै आएको छ ।




















