काठमाण्डौं । शुक्रबार सुनको मूल्य तोलामा १ हजारले बृσि भएर ९४ हजारमा कारोबार भएको छ । बिहीबार सुन प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको हो ।
आज चाँदीको मूल्य १५ रुपैयाँले बढेर १ हजार २५० रुपैयाँमा कायम रहेको महासंघले जानकारी दिएको छ । अघिल्लो दिन चाँदी १ हजार २३५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ८०५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।




















