काठमाण्डौं । रक्षामन्त्री डा.मिनेन्द्र रिजालले आज आफ्नो पदबाट राजिनामा दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर उनले आफ्नो राजिनामा बुझाएका हुन् ।
राजिनामा बुझाए लगत्तै रक्षामन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै अब उपरान्त आफु सक्रिय राजनितीमा नरहन पनि सक्ने बताए । बिहीबार कांग्रेस महामन्त्रीको मत गणना जारी रहँदा उनले सामाजिक संजाल मार्फत नै राजीनामा दिने घोषणा गरेका थिए ।
कांग्रेसको महाधिवेशनअन्तर्गत महामन्त्री पदमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । मतपरिणामअनुसार खसेको ४ हजार ६ सय ८२ मतमा रिजालले ८०९ मत मात्र पाएका थिए ।




















