काठमाण्डौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् ।
नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तरगत महामन्त्री पदकालागी गगन कुमार थापा, विश्व प्रकाश शर्मा, प्रकाशशरण महत, प्रदिप पौडेल, मिनेन्द्र रिजाल र राजाराम कार्कीको उम्मेदवारी परेको थियो ।
खसेको ४ हजार ६८२ मत मध्ये थापाले ३ हजार २३ मत प्राप्त गरेका थिए भने शर्माले २ हजार २४६ मत पाएका थिए । त्यस्तै गरी पराजित महलले १ हजार ५५०, पौडेलले १ हजार ४०९, रिजालले ८०९ र कार्कीले १०७ मत पाएका थिए ।
त्यस्तै गरी महाधिवेशनबाट उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरूङ बिजयी भएका छन् ।




















