काठमाण्डौं । रक्षा मन्त्री मीनेन्द्र रिजालले राजीनामा दिने घोषणा गरेका छन् ।
कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार बनेका रिजालले हार्ने निश्चित भएपछी राजीनामा दिन लागेका हुन् ।
रिजालले सामाजिक सञ्जालमा नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्ट रूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु । अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु भनी लेखेका छन् ।
महामन्त्रीका लागि जारी मतगणनामा रिजाल पाँचौं नम्बरमा छन् ।




















