काठमाण्डौं । जोनसन एन्ड जोनसनको करिब २२ लाख डोज खोप नेपाल आइपुगेको छ । बिहीबार २१ लाख ७६ हजार ६५० डोज खोप नेपाल आइपुगेको हो ।
कोभ्याक्स सुविधाअन्तर्गत जर्मनीले उपलब्ध गराएको जोनसनको खोप नेपाल आइपुगेको हो ।
एकचोटि मात्र लगाए पुग्ने जोनसन खोप कसलाई लगाउने भन्नेबारेमा भने मन्त्रालयले केही दिन भित्रै निर्णय लिने जनाएको छ ।




















