काठमाण्डौं । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप २८० जनामा संक्रमण देखिएको छ ।
देशैभरको विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ९९४ जनाको नमूना परिक्षणका क्रममा बुधबार २८० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
बुधबार संक्रमण देखिएका मध्ये ९ हजार २१२ जनाको एन्टिजेन परिक्षण गर्दा २५२ जना र २ हजार ७८२ जनाको एन्टिजेन परिक्षण गर्दा २८ जनामा संक्रमण देखिएको हो । योसहित नेपालमा संक्रमितहरुको कुल संख्या ९ लाख २० हजार ८८९ जना पुगेको छ ।
बुधबार नै थप ३०० जनाले कोरोना जित्न सफल भएका छन् । योसहित नेपालमा कोरोना जित्नेको संख्या ८ लाख ७ हजार ८१६ जना पुगेका छन् ।
त्यस्तै गरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमित मध्ये ६ जनाको मृत्यु भएको छ । योसहित संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५६५ जनापुगेको छ ।
मन्त्रालयका अनुसार बुधबार सम्म देशैभर ५ हजार ६३५ जना सक्रिय संक्रमित रहेका छन् ।





















