काठमाण्डौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफू सभापतिको उमेदवार नबन्ने घोषणा गरेका छन् ।
उनले आफ्नै निवासमा छलफलका लागी पुगेका नेताहरुसँग कुरा राख्दै आफु सभापतिको उम्मेदवार नबन्ने घोषणा गरेका हुन् ।
पौडेलले छलफलमा आफ्नो टिममा १ जनामात्रै उमेदवार हुनुपर्ने भन्दै जसको नाममा सहमति जुट्छ उसैलाई आफुले सहयोग गर्ने समेत बताएको छलफलमा सहभागी एक नेताले जानकारी दिए ।
पौडेलले सभापतिमा शेरबहादुर देउवाको विकल्प चाहिएको भन्दै त्यसका लागि सबै त्याग गर्न तयार हुनुपर्ने भन्दै उनले अब आफू सभापतिको दौडमा नरहेको सहभागीहरुलाई जानकारी गराएका थिए ।




















