रुपन्देही । सैनामैना नगरपालिका ८ बांसगढी बस्ने ३६ वर्षीया खुमा घर्तीको उनकै पतिले धारिलो हतियार प्रहारगरी आज हत्या गरेका छन् ।
बुटवल उपमहानगरपालिका् ११ स्थित दिदिको घरमा आएको अवस्थामा उनकै पति ३८ वर्षीय सुकुम भन्ने सन्तबहादुर घर्तीले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाका थिए । गंभिर घाईते खुमाको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको रुपन्देही प्रहरीले जनाएको छ ।
श्रीमतीलाई खुकुरी प्रहार गरी सन्तबहादुर फरार भएको प्रहरीद्वारा ब्यापक रुपमा खोजी भई रहेको प्रहरीले जनाएको छ ।




















