महोत्तरी । आफ्नै सासुको हत्या आरोपमा महोत्तरीमा प्रहरीले उनकै बुहारीलाई पक्राउ गरेको छ । ६० वर्षीया जगतारन देवीको हत्या गरेको अभियोगमा मटीहानी नगरपालिका ७ बस्ने ३५ वर्षीया तेत्री देवी खत्वेलाई प्रहरीले पक्राउ गरेको हो ।
जगतारन र तेत्रीबीच घरायसी विवाद हुदा तेत्रीले कुटपिट गर्दा जगतारनको मृत्यु भएको थियो । मृत्युको खबर प्राप्त हुदा साथ घटना स्थल पुगेको जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी मटीहानीबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न तेत्रीलाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेकी तेत्री देवीको बारेमा प्रहरीले थप अनुसन्धान सुरु गरेको जनाएको छ ।




















