काठमाण्डौ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन आजदेखि सुरु हुँदैछ ।
महाधिवेशनको उद्घाटन दिउँसो १ः०० बजे राजधानीको भृकुटीमण्डपमा हुनेछ । महाधिवेशन उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको कांग्रेस पार्टी कार्यालयले जनाएको छ ।
महाधिवेशनको उद्घाटन प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले गर्ने छन् । अहिले भृकुटीमण्डपमा महाधिवेशन प्रतिनिधि, कार्यकता र नेताहरु पुग्ने क्रम सुरु भएको छ ।
उद्घाटन समारोहमा कांग्रेसका शीर्ष नेतासँगै विभिन्न दलका प्रमुख तथा विदेशबाट आएका अतिथिले सम्बोधन गर्ने कार्यक्रम तय गरीएको छ ।
कोरोना सङ्क्रमण जोखिमका कारण काठमाण्डौ उपत्यका बाहिरबाट सहभागी नबोलाएको नेपाली काँग्रेसले जनाएको छ ।




















