काठमाण्डौं । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप २८० जना संक्रमित भएका छन् । देशैभर रहेको विभिन्न प्रयोगशालामा १२ हजार १७४ जनाको नमूना परिक्षणका क्रममा २८० जनामा संक्रमण देखिएको हो ।
संक्रमण देखिएका मध्ये ९ हजार १६८ जनाको पीसीआर गर्दा २५५ जना र ३ हजार ६ जनाको एन्टिजेन परिक्षण गर्दा २५ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । यो सहित ९ लाख १९ हजार ४४ जना संक्रमित भई सकेका छन् ।
बुधबार थप ३६६ जनाले कोरोना जित्न सफल भएका छन् । योसहित कोरुोना जित्नेको संख्या ८ लाख ५ हजार ५७१ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमित मध्ये थप २ जनाको उपचारको क्रममा ज्यान गएको छ । योसहित संक्रमित मध्ये ११ हजार ५४५ जनाको ज्यान गईसकेको मन्त्रालयले जनाएको छ ।





















