एजेन्सी । भारतीय सेनाका पूर्व प्रमुख तथा चिफ अफ डिफेन्स स्टाफका प्रमुख जेनरल विपिन रावत सवार एउटा हेलिकप्टर तमिलनाडुको कुन्नूरमा दुर्घटनाग्रस्त भएको छ ।
सो हेलिकप्टरमा रावत र उनको परिवारका सदस्य सहित १४ जना सवार थिए ।
भारतीय वायु सेनाको एमआई–१७ भी ५ हेलिकप्टरको दुर्घटनाको कारण पत्ता लगाउन जाँचबुझ आदेश दिइएको सेनाले बताएको छ ।
दुर्घटनाग्रस्त हेलिकप्टरका तस्विर सार्वजनिक भएपनि जनरल रावत र उनको परिवारको अवस्थाबारे स्पष्ट जानकारी दिइएको छैन । उनको अवस्थाबारे भारतीय रक्षा मन्त्री राजनाथ सिंहले संसदमा जानकारी दिने बताइएको छ ।
यसैबीच केही उच्च सैनिक अधिकारीले सामाजिक सञ्जालमा श्रद्धाञ्जली दिन थालेका छन ।






















