रुकुम पश्चिम । रुकुम पश्चिममा जन्ती बोकेको बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।
बाँफिकोट गाउँपालिका २ पिपलबाट दुलही लिएर मुसिकोट नगरपालिका ५ घिमाने जाँदै गरेको ग. १ ख २१०९ नम्बरको बस मुसिकोट सोमबार राती नगरपालिका २ रातामाटामा दुर्घटना हुदा बसमा सवार २५ जना घाईते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले बताए ।
घाइतेहरु सबैको जिल्ला अस्पताल सल्लेरीमा उपचार भइरहेको छ । दुर्घटना लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले घाइतेहरुको उद्धार गरेका कारण कुनै अप्रिय घटना हुन नपाएको एक स्थायिनले जानकारी दिए ।




















