काठमाण्डौं । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप २६५ जना संक्रमित भएका छन् । देशैभरको विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ६१७ जनाको नमूना परिक्षणका क्रममा २६५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
परिक्षण गरिएका मध्ये ७ हजार ११४ जनाको पीसीआर गर्दा २३८ जना र १ हजार ५०३ जनाको एन्टिजेन परिक्षण गर्दा २७ जनामा संक्रमण देखिएको छ ।
यो सहित कोरोना संक्रमणबाठ संक्रमित हुनेको संख्या ९ लाख १८ हजार ४४९ जना पुगेको छ ।
सोमबार नै थप ३५७ जनाले कोरोना संक्रमण जित्न सफल भएका छन् । योसहित संक्रमण मुत्त हुनेको संख्या ८ लाख ४ हजार ९०१ जना पुगेका छन् ।
त्यस्तै गरी पछिल्लो २४ घण्टामा संक्रमित मध्ये २ जनाको ज्यान गएको छ । योसहित संक्रमण भएका मध्ये ११ हजार ५४३ जनाले ज्यान गुमाई सकेको मन्त्रालयले जनाएको छ ।





















