काठमाण्डौँ । नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित भेटिएका छन् ।
२ जनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा ओमिक्रोनका संक्रमित भेटिएपछिको अवस्थाबारे छलफल गर्न आज दिउँसो स्वास्थ्य मन्त्रालयमा मन्त्रीस्तरीय बैठक बसेको छ ।
दक्षिण अफ्रिकामा पहिलोपटक देखिएको ओमिक्रोन भेरियन्टको संक्रमण विश्वका विभिन्न देशमा फैलिने क्रम जारी छ ।
विश्व स्वास्थ्य संगठनले यो भेरियन्टलाई चिन्ताको विषयका रुपमा लिनु पर्ने बताइसकेको छ ।
यसैबीच त्रिभुवन विमानस्थलमा खटिएका एक चिकित्सकका अनुसार पछिल्लो १५ दिनमा विमानस्थलमा भएको एन्टिजेन परीक्षणमा भने कसैमा ओमिक्रोनको संक्रमण देखिएको छैन ।




















