बिराटनगर । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत प्रदेश १ का सभापतिका उम्मेदवार गुरु घिमिरले मतपत्रको पुनः मतगणना गर्नुपर्ने माग गरिएका छन् ।
सभापतिमा झिनो मतअन्तरले पराजय भोगेका घिमिरेले मतपरिणाम चित्त नबुझेको भन्दै पुनः मतगणनाको माग गर्दै निवेदन समेत दर्ता गराका हुन् ।
निर्वाचन अधिकृत भरत थापाका अनुसार मत परिणाममा चित्त नबुझाएकोले पुनः मत गणनाको माग गर्दै निवेदन परेको बताए ।
शनिवार भएको मतदानको मतगणनापछि सार्वजनिक भएको मत परिणाम अनुसार बिजेता उद्धव थापाले ८४४ मत पाएकाछन् भने घिमिरेले ८४२ प्राप्त गरेका थिए । २ मतले सभापतिमा हार र जित भए पछि घिमिरेले पुनः मतगणनाको लागी आवेदन दिएको बताए ।
निर्वाचन अधिकृत थापाका अनुसार छलफल गरेर मतगणना गर्ने वा नगर्ने भन्ने निष्कर्षमा पुग्ने बताए ।




















