तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका १ थप्रेकमा गए राती गोली लागेर १ जना युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही ठाउँ बस्ने १७ वर्षीय रोहित मल्ल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले पुष्टी गरेको छ ।
शिकार खेल्न जङ्गलमा गएको बेला गोली लागेर युवकको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए । प्रहरीले बन्दुकसहित सोही ठाउँका ४७ वर्षीय सुनबहादुर गुरुङलाई पक्राउ राती नै पक्राउ गरेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रनाउ खड्काले जानकारी दिए । पक्राउ परेका गुरुङ मृतकका छिमेकी रहेको बुझीन आएको छ ।




















