कैलाली । सौताको छोरालाई दुघमा बिषादी मिसाए खुवाई हत्या गरी भारत भागेकी एक महिलालाई नेपाल प्रहरीले हरियााणाबाट पक्राउ गरी नेपाल ल्याएको छ ।
श्रीमान संगको रिसका कारण सौताको छोरालाई दुधमा बिषादी मिसाई खुवाएर हत्या गरेर भारत भागेकी बाजुरा खप्तड छेडेदह गाउँपालिका २ घर भएकी कैलाली धनगढी उप महानगरपालिका २ मालिका टोल डेरा गरी बस्ने ३५ वर्षीया मागी रोकायालाई नेपाल प्रहरीले भारतबाट पक्राउ गरी नेपाल ल्याएको हो ।
भारतमा रहेका श्रीमान ३५ वर्षीय बहादुर रोकायाले मंसिर २ गते आफन्तलाई फोन गरी मागी रोकाया सम्पर्क विहीन भएकोले डेरा गई बुझी दिन आग्रह गरे लगत्तै आफन्त गई डेरामा हेर्दा १० बर्षिय निसान्त थापा मृत्त अवस्थामा देखे पछि प्रहरीलाई जानकारी गराएका थिए ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीको टोलीले भारती प्रहरीको सहयोगमा मागीलाई भारतको हरियाणा रोहतक प्रेम चोकबाट नियन्त्रणमा लिएर नेपाल ल्याईएको हो ।
प्रारम्भिक अनुसन्धानको क्रममा मागी र उनका श्रीमान बिच फोन बार्तामा वादविवाद भए संगै त्यसको रिस मागीले छोरालाई दुधमा बिषादी हालेर खान दिएका थिए । गत कात्तिक २९ गते निशान्त स्कूलबाट फर्किएपछि दुधमा बिषादी मिसाई खुवाई निजलाई कोठामा बस्दै गर्नु हामी बेलुका आउँछौ भनी आफ्ना छोरा र छोरी लिई मागी भारततर्फ भागेको खुल्न आएको खोज्दै जाला हरियाणमा फेला परेको कैलाली प्रहरीले जनाएको छ ।
पक्राउ परेका मागी उपर कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत कैलालीबाट म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
मृत्तक थापा धनगढी उपमहानगरपालिका २ स्थित हिमालय एकेडमीमा अध्ययनरत बिद्यार्थी भएको एकेडमीले जनाएको छ ।




















