पोखरा । जिल्लाको अन्नपूर्ण गाउँपालिकाकाको पाउदुरमा भएको बस दुर्घटनामा परी चालकको ज्यान गएको छ ।
अन्नपूर्ण गाउँपालिका ३ को पाउदुरमाको घुम्तीमा पोखराबाट बाग्लुङ जादै गरेको लु. १ ख ७७६६ नम्बरबो बस नियन्त्रित भएर ३० मिटर तल खस्दा घाईते भएका चालक भुपेन्द्र खनालको ज्यान गएको कास्की प्रहरीले जनाएको हो ।
बस दुर्घटना हुदा बसमा सवार १६ जना मध्ये चालक सहित १२ जना घाईते भएका थिए । चालकको उपचारको क्रममा ज्यान गएको थियो ।
अन्य घाईते भने खतरा मुक्त रहेको प्रहरीले जनाएको छ ।




















